नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ९४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ ।
त्यसैगरी शनिबार थप २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुनेको दर ८१ दशमलव ९ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय १५ पुगेको छ । हाल क्वारेन्टाइनमा १ हजार ५७ जना रहेका छन् भने आइसोलेसनमा ३६ हजार ४ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया