काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १९७ जनाामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।
त्यसैगरी सोमबार थप २ हजार ९३४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ । क्वारेन्टाइनमा १०१३ जना छन् भने आइसोलेसनमा ३३ हजार ३७९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया