जन्मदिनको अवसरमा प्रतिभा खड्काद्वारा बोलोचौक विकास समितिलाई आर्थिक सहयोग

समाजसेवीद्धय कमल र सवित्रा खड्काकी छोरी प्रतिभा खड्काले बोलोचौक विकास समितिलाई आर्थिक सहयोग गरेकी छिन् ।

जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर उनले आफु ११ वर्षमा प्रवेष गरेको उपलक्ष्यमा आगामी मंसिर ७ गते बुबा कमलको जन्मदिनको अवसरमा शिवसताक्षी नं.पा. को ११ वटै वडामा वरपिपलको विरूवा लगाई दिन अनुरोध गदैं ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी हुन् ।

अनावश्यक भोजभतेरमा हुने फजुल खर्च कटाएर सामाजीक कार्यमा सहयोग गर्न पाउँदा प्रतिभा खुसि देखिन्छिन् ।

यसै अवसरमा विभिन्न व्यक्ती तथा संघसस्थालेबोलोचौक विकास समितिलाई स्वस्फुर्त सहयोग गरिरहेका छन् । सहयोग गरेकोमा आभार प्रकट गदैं समितिका संस्थापक अध्यक्ष डा.धर्मेन्द्र कुमार शाहले आगामि दिनहरुममा सामाजीक काम गर्नलाई समेत यस्ता परोपकारी मनहरुको आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया