जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गरेका न्छ ।

नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गरेका छन् ।

उनले सन्देशमा विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य रुपमा कायम गर्ने, माक्स प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन्।

मुख्यमन्त्री गुरुङले सत्य र अहिंंसाप्रति मानवको रुचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको बताउँदै यो पर्व मुख्यरुपमा तराई–मधेशमा मनाइने परम्परा रहेपनि अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालिएको बताए।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया