एनआरएनए एसिया प्याशिफिक युवा कमिटीद्धारा ‘पहिलो युवा सम्मेलन’ गर्दै

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक युवा कमिटिले आगामी डिसेम्बर ५ तारिखमा युवा सम्मेलन गर्ने भएको छ । अनलाईन जुमको माध्यमबाट हुन लागिरहेको सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको एसिया प्याशिफिक युवा कमिटी संयोजक दीपक कँडेलले जानकारी गराउनुभयो ।
संयोजक कँडेलका अनुसार ‘युवा, नवीनता र राष्ट्र निर्माण’ मुल नारा रहेको सो सम्मेलनमा विभिन्न युवासँग सम्बन्धीत सेसनहरु सञ्चालन गरिनेछ । साथै सम्मेलनमा विभिन्न देशबाट कल्चर एक्सचेन्ज पनि गरिनेछ भने दोस्रो पुस्ताले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिको विषयमा केन्द्रित गरिने जनाएको छ ।
त्यस्तैगरि, सम्मेलनमा विदेशमा अध्ययन गरिरहेका विद्यार्थी तथा युवाहरुले के सिकेका छन् र नेपालमा के गरिरहेका छन भन्ने विषयमा पनि सेसन सञ्चालन हुने छ ।
सो सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय युवा परिषद तथा नेपाल सरकारको युवासँग सम्बन्धीत विभिन्न विभाग तथा सरोकारवालाको पनि सहभागिता रहनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया