काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कुनैपनि हालतमा सरकारमा नजाने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारको जोडघटाउमा कांग्रेसलाई नगन्न चेतावनी पनि दिएका छन् ।
सत्तारुढ नेकपा आन्तरिक किचलोमा फसेको समय कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको बैठकलाई लिएर कांग्रेस सरकारमा जाने हल्ला चलेको भन्दै प्रवक्ता शर्माले नेकपाको द्वन्द्वमा आफूहरु निरपेक्ष रहेको बताएका छन् ।
जनादेश विपरित जानका लागि कुनै पनि भड्काउमा नलाग्ने भन्दै उनले त्यस्ता कामप्रति नलाग्न पनि सबैलाई चेतावनी दिएका छन् । यसअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच खाली रहेका संवैधानिक निकायमा नियुक्तिसँगै सरकारका कामकारबाहीका विषयमा छलफल भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया