थप १९८० मा कोरोना संक्रमण, १६ को मृत्यु,३०४३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ९८० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ ।नेपालमा निको भएको दर ९०.९ प्रतिशत रहेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । क्वारेन्टाइनमा ६ सय २९ जना रहेका छन् भने आइसोलेसनमा १८ हजार ८८४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया