नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ७९० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना गरी काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
त्यस्तै मंगलबार थप २ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्युसँगै कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।
क्वारेन्टाइनमा ६२७ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ८५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया