काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ६१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।
त्यसैगरी थप १ हजार ४३७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट बिहीबार थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।
क्वारेन्टाइनमा ६८० जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया