नेपाल वेद विद्याश्रम आजबाट ४७औं वर्ष प्रवेश

सिन्धुपाल्चोक । नेपाल वेद विद्याश्रम आजबाट ४७औं वर्ष प्रवेश गरेको छ । २०३१ सालमा स्थापना भई हालसम्म अनवरत रूपमा सेवारत यस विद्यालयले आफ्नो सफल ४६औं वर्ष पूरा गरि ४७ वर्षमा प्रवेश गरेको हो ।
नेपाल वेदविद्याश्रम पशुपति क्षेत्र विकास कोषको शैक्षिक उपक्रम हो । पशुपति क्षेत्रमा अवस्थित यो विद्यालय गुरुकुल धारका संस्कृत विद्यालयहरूको केन्द्र हो । यो विद्यालय २०२६ सालमा निर्माण प्रारम्भ भई २०३१ बाट पठनपाठन आरम्भ भएको र साथसाथै २०४३ सालबाट प्रवेशिका परीक्षामा सामेल भई हालसम्म निरन्तर रूपमा अघि बढिरहेको वेद बिद्याश्रम का प्रधानाध्यापक बिष्णु प्रसाद पोखरेल ले जान कारी दिनु भयो ।
आरम्भमा व्यवस्थापनको सम्पूर्ण जिम्मा गुठीसंस्थानले लिएपनि २०५६ सालदेखि पशुपति क्षेत्र विकास कोषले यसको सञ्चालन र व्यवस्थापन गरिरहेको छ । हाल यस विद्यालयमा कक्षा ४ देखि १२ कक्षा सम्म सञ्चालन हुँदै आइरहेको छ। यहाँ हाल वेद,व्याकरण, नेपाली , अङ्ग्रेजी, गणित ,सामाजिक,रुद्री, गीता , चण्डी, कर्मकाण्ड , वेद संस्कृत भाषाव्याकरण, ज्योतिष, उपनिषद्, साहित्य लगायतका विषयहरूको अध्ययन अध्यापन हुँदै आइरहेको छ र । सम्पूर्ण आवासीय नि:शुल्क सुविधासहित लगभग ६० जिल्लाका ११० जना विद्यार्थी छात्रवासमा रहेर अध्ययन गरिरहेको पनि पोखरेल ले जान कारी दिए ।

यस विद्यालयले धर्म संस्कृतिका रक्षार्थ तत्पर कर्मनिष्ठ जनशक्तिको उत्पादनलाई आफ्नो लक्ष्य बनाएको छ । यस वर्ष कोरोना महामारीका कारणले यहाँ पनि विद्यार्थीहरूलाई भर्चुअल माध्यमबाट दूरशिक्षणविधिअनुरूप पठन पाठन सञ्चालन गरिएको छ ।
यसै कारणले गर्दा अौपचारिक कार्यक्रम हुन नसकेपनि महामारीको शान्तिको सङ्कल्पका साथ राष्ट्रदेव पशुपतिनाथको मन्दिरमा रुद्राभिषेक गरी विद्यालयले वार्षिकोत्सव मनाइएको पनि पोखरेल ले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया