काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३७९ महिला र ४४३ पुरुष गरी काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
त्यस्तै शुक्रबार थप १ हजार २३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।
क्वारेन्टाइनमा ६०१ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार २३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया