धुलिखेल । मेलम्ची नगर अस्पताल निर्माणको लागी मेलम्ची नगरपालिकाको प्रमुख डम्बर अर्याल धुलिखेल अस्पताल र काठमाडौं युनिभर्सिटीको टोलीले प्राविधिक सहयोगको लागि स्थलगत अनुगमन गरेको छ । साथै अस्पताल सम्म पहुँच मार्ग निर्माणको काम समेत सुरुवात भएको नगरका सूचना अधिकारी जीत बहादुर कार्कीले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका ११ अन्तर्गत धिताल बेसीमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।सरकारले ३९४ स्थानीयतहमा आधारभूत अस्पताल बनाउने प्रकृया अगाडि बढाएसँगै सिन्धुपाल्चोकमा पनि ५ स्थानीय तहमा अस्पताल बन्ने भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, जुगल, लिसंखुपाखर, बलेफी र हेलम्बु गाउँपलिकामा अस्पताल बन्न लागेको हो । मंसिर २ गते बसेको अर्थ तथा स्वास्थ्यमन्त्रीबीचको बैठकले एकैदिन सबै स्थानीय तहका अस्पताल शिलान्यास गर्ने निर्णय भए अनुसार मंसिर १५ गते सो अस्पतालको पनि शिलान्यास हुनेछ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मको आाधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । जस अनुसार, मेलम्चीा नरपालिकामा १५ शैया, जुगलमा १० बलेफीमा १५ लिंसखुपाखरमा ५ र हेलम्बु गाउँपलिकामा १० शैयाको आधारभूत अस्पताल निर्माण हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया