चिनीयाँ रक्षामन्त्री वेई भोलि नेपाल आउने

काठमाडौ । चिनीयां जनमुक्ति सेनाका कमाण्डर तथा रक्षा मन्त्री स्टेट काउन्सिलर वेई वेइ फेङ्गे भोलि नेपाल आउने भएका छन ।

एक दिने नेपाल भ्रमणमा आउन लागेका वेई चीनका बरिष्ठ अधिकारी हुन । स्टेट काउन्सिलर वेईको नेपाल भ्रमणलाई लिएर भारतले असन्तुष्टि जनाएको छ । नेपाल भ्रमणमा आउन लाग्नु भएका वेईले राष्टपति बिद्या भण्डारी, प्रधानमन्त्री केपी ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।

रक्षा मन्त्री वेईलाई नेपाली सेनाको गार्य अफ अनर प्रदान गर्ने भएको छ । चीनले नेपाललाई दिदैं आएको सहयोगको बारेमा समेत वेईले घोषणा गर्ने अपेक्षा राखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया