काठमाडौं । नेपालमा थप १ हजार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ ।
क्वारेन्टाइनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया