बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै सम्भावना छैन् : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी शर्मा ओली सरकारको विकल्प नभएको बताएकी छन् ।
आइतबार वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने दाबी गरिन् । मन्त्री अर्यालले ओली सरकारले नै देशलाई परिर्वतन गर्ने दिशामा अगाडि बढेको बताइन् ।
कम्युनिष्ट पार्टी एक गतिशील पार्टी भएकाले छलफल र विवाद स्वभाविक भएको उनको भनाई थियो । ‘पार्टीभित्र बहस घनिभूत रुपमा चल्छ तर, पार्टी फुट्ने कुरा हुँदैन् । दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सदस्यहरुको तहमा प्रतिवेदन पुगेको छ । बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै संभावना छैन्’, उनले भनिन् ।
तातोपानीले घर नजल्ने भन्दै मन्त्री अर्यालले कम्युनिष्ट पार्टी एक ढिक्का रहने दावी गरिन् । ‘जनताको चाहनाले दुई ठुला पार्टी एक भएकाले जनता पार्टी फुटोस भन्ने चाहँदैनन्’, मन्त्री अर्यालले भनिन्, ‘जनता कम्युनिष्ट सरकारको विकास अनुभुत गरिरहेका छन् ।
सरकारले सन् २०३० सम्म दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ जनताको आधारभुत आवश्यकता पुरा गर्न अगाडि बढेको मन्त्री अर्यालले बताइन् ।
जनताको आधारभुत आवश्यकता स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आवश्यकतालाई परिपुर्ती गर्न विभिन्न योजनाका साथ अगाडि बढेको उनले बताइन् । मन्त्री अर्याल भनिन्, ‘प्रत्येक घर–घरमा धारा र शौचालय पु¥याउने योजनाका साथ हामी अगाडि बढेका छौँ । जनता अब डोको र नाम्लोबाट मुक्त हुनेछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया