नेकपा फुट स्वीकार्य नहुने भन्दै प्रवासी नेपाली एकता मञ्चको ध्यानाकर्षण

काठमाडौं । प्रवासी नेपाली एकता मञ्चले नेकपा फुट स्वीकार्य नहुने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । नेकपा निकट संगठन प्रवासी नेपाली एकता मञ्चले पार्टी एकता जोगाइराख्न आग्रह गर्दै अध्यक्षद्वय, सचिवालय सदस्यहरु र केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । नेकपा प्रवास समन्वय कमिटीको अध्यक्ष युवराज चौलागाईको नेतृत्वमा उक्त ध्यानाकर्षण पत्र केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा प्रवास समन्वय कमिटीसहित ३६ देशका प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष र सचिवले उक्त पत्रमा सहकार्य गरेका छन् । पार्टी र सरकारबीच देखा परिरहेका कमीकमजोरीहरु सुधारेर अघि बढ्न जोडदार माग गरिएको छ । ‘हामी ध्यानाकर्षण गराउन चाहन्छौं कि हजारौंको बलिदानी र कठिन श्रमबाट निर्मित हामो प्रिय पार्टी विभाजन हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।
विभाजनको सोच कहिं कतै छ भने हामी त्यसलाई कडा शब्दमा प्रतिवाद गर्न चाहन्छौ,’ उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

 


फेसबुकबाट तपाइको प्रतिक्रिया