काठमाडौं । नेपालमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप १ हजार ३०४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना गरी उपत्यकामा ५ सय ३० जना
नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
त्यस्तै मंगलबार थप २ हजार ७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ । देशभर क्वारेन्टाइनमा ६१६ जना छन् भने आइसोलेसनमा १६ जहार ६३३ जना रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया