नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको आन्दोलनबाट स्थापित यवस्था भएकाले प्रतिगामीले पुनः सफलता पाउने स्थिति नरहेको बताएकन छन् ।
नेकपाको मंगलबारको सचिवालय बैठकबाट बाहिरिने क्रममा प्रश्नमा प्रवक्ताले श्रेष्ठले गणतान्त्रिक व्यवस्थाका कार्यान्वयनका विविध पक्षमा कमजोरी भएमा समीक्षा गर्न सकिने तर राजतन्त्र पुनःस्थापनाको माग प्रतिगामी हुने प्रतिक्रिया दिएका हुन्।
पछिल्लो समयमा केही समूहले राजतन्त्रका पक्षमा आवाज उठाएको सन्दर्भमा नेता श्रेष्ठले त्यसको कुनै सान्दर्भिकता नरहेको जनाए।

फेसबुकबाट तपाइको प्रतिक्रिया