काठमाडौं । ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।
कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले लामो समयदेखि बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय अब पनि नखोल्ने हो भने रोगलेभन्दा भोकले मर्नुपर्ने अवस्था आउने बताए । ठमेलको रात्रिकालीन व्यवसाय पूर्णरुपमा खोल्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरि ठमेल पर्यटन विकास परिषद्का महासचिव धुर्व अधिकारीका अनुसार ब्यवसायी र कामदारको अबस्था कठिन अबस्थामा पुगेकोले बन्द रहेको ठमेलको रात्रिकालीन व्यवसाय खुलाउनका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले ठमेलका व्यवसायी विरोधमा उत्रिनुपरेको बताए ।
राजधानीको मुटु ठमेल खोल्नका लागि सरकाले चाँडो निर्णय गर्नुपर्ने राणाले उल्लेख गरे ।



फेसबुकबाट तपाइको प्रतिक्रिया