सडक दुर्घटनामा जापानको होक्काईदोमा एक नेपालीको मृत्यु

टोकियो । जापानको उत्तरी क्षेत्र होक्काईदोको नाकाशिवेचुचोमा बुधबार सवारी दूर्घटनामा परी एक जना नेपाली युवाको मृत्यु भएको छ ।
तीन पुरूष र एक महिला सवार कार सडक किनारमा रहेको संकेत चिन्ह बोर्डमा दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भएका २७ वर्षीय वीरेन्द्र तामाङको मृत्यु भएको हो । जापानी समाचार संस्था एनएचकेमा प्रकाशित समाचारका अनुसार भएको दुर्घटना लगत्तै तामाङलाई अस्पलाल पुर्याइएको भए पनि दुई घण्टा पछि मृत्यु घोषणा गरिएको थियो ।
कितामी सहरको राजमार्गमा दुर्घटनामा परेका तामाङको टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रहरीले हिउँ जमेको सडकमा कार चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया