ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं २२ स्थित बुङमतीमा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ ।
अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन आइओएम नेपालको प्राविधिक र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवन शुक्रबार महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासफले संयुक्तरुपमा उद्घाटन गरेका थिए।
कार्यक्रममा प्रमुख महर्जनले घनाबस्तीका जनतालाई आकस्मिक विपद् पर्दा सो केन्द्र भवनले आश्रयस्थल दिने भनाइ बताए ।
राजदूत भोरासफले मुलुकमा छ वर्षअघि भूकम्पका कारण घर भत्किएर खुला चउरमा बस्न बाध्य भएका जनतालाई ध्यानमा राखी भवन निर्माणमा सहयोग गरेको बताए। आइओएमका प्रतिनिधि लोरिना ल्याण्डोले कठिन समयका कारण बाध्यात्मकरुपमा बसाइँसराइ गर्नुपर्ने मानिसलाई सो भवनले अभिभावकको सहारा दिने धारणा राखे ।
वडाध्यक्ष अम्बिराज शाक्यले करिब १३ रोपनी सार्वजनिक जग्गाभित्र निर्माण भएको सो भवनका लागि आवश्यक खानेपानी, बत्ती र सरसफाइको सम्पूर्ण जिम्मेवारी वडाले लिने कताए।
कार्यक्रममा महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर हरिशचन्द्र लामिछानेले विपद् आश्रमस्थल अर्थात् केन्द्रको शिलान्यास २०७५ साल माघ ७ गते गरेको र मुलुकमा देखिएको कोराना कहरका कारण भवन निर्माणको काम भने एक वर्ष १० महिनामा सम्पन्न भएको बताए।
यसैगरी महानगरपालिकाको वडा नं ८ बालकुमारीस्थित गुइतः दोमारमा अर्को एक विपद् आश्रमस्थल निर्माण भइसकेको लामिछानेले जानकारी गराए।
महानगरले महानगरका अन्य स्थान सुनाकोठी, हरिसिद्धि, धापाखेल र भित्री वडाहरुमा पनि यस्तो भवन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ ।
ललितपुर महानगरपालिकाको वडा नं २२ स्थित बुङमतीमा बहुउद्देशीय सामुदायिक केन्द्र भवन निर्माण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया