ललितपुर । शनिबार बिहान आफैले सञ्चालन गरेको मिलको फित्तामा परेर घाइते भएका नेकपा मन्थली नगर कमिटीका अध्यक्ष एवं मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष कृष्णहरि अधिकारीको स्वास्थ्य अवस्था खरतामुक्त रहेको अस्पतालले बताएको छ ।
मिलमा काम गर्ने क्रममा लगाएको गलबन्दी फितामा अल्झिदा घाइते भएका वडा अध्यक्ष अधिकारीलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । ललितपुर नखुस्थित मेडिसिटी अस्प्तालमा उपचारत अधिकारीको अवस्थामा सुधार हुँदै गएको जेठा छोरा अचुतराज अधिकारीले जानकारी दिनुभयो ।
उनका अनुसार शनिबार राति ११ बजेसम्म बुबालाई मिलमा ठोक्किएर बाहिरी शरीरमा घाउचोट भएपनि भित्रीभागमा त्यतिधेरै असर नगरेको र अहिले एकदम राम्रो सुधार भएको बताउनु भएको छ ।
हामीले उपचारको लागि कुनै कसर बाँकी राखेको छैनौं खरतामुक्त हुनुभएपछि नर्मल बेडमा सारिएको छ छोरा अधिकारीले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया