जापान । ‘युवा, नवीनता र राष्ट्र निर्माण’ मुल नाराका साथ सुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको प्रथम युवा सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
शनिबार एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन आयोजना गरि बिभिन्न शीर्षकमा गहन छलफल र चर्चा भएको र विभिन्न निर्णय गर्दै सकिएको कार्यक्रमका सभापति तथा एसिया प्याशिफिक युवा संयोजक दिपक कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल, बिशेष अतिथिमा पूर्वमन्त्री गगन थापा, सांसद सुर्य पाठक, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो, संघका पूर्व अध्यक्षहरु भबन भट्ट, जिवा लामिछाने, एनआरएनए उपाध्यक्ष रबिना थापा, युवा संयोजक हिमाल गुरुङ, एशिया प्याशिफिक संयोजक गोबिन्द श्रेष्ठ, निबर्तमान संयोजक किरण बिक्रम थापा, सहसंयोजक खगेन्द्र न्यौपाने, पारसमणि पोखरेल, एनआरएनए मध्यपुर्व सहसंयोजक मनोज गोर्खाली, आईसिसि सदस्य यासमि बेगम सैयद, एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिब धर्मराज गिरीलगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थियो । कार्यक्रममा बिभिन्न बिज्ञहरुले आ–आफ्नो प्रस्तुति दिएका थियो । कार्यक्रममा गैरआवासीय नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
भेलाले बिश्वमा रहेका सम्पूर्ण युवाहरुलाई जागरुक र आउँदा दिनहरुमा अझैँ उत्साहित बनाउदै अगाडि बढाउने र युवाकै माध्यमबाट संघमा सबै युवाहरुलाई एकताबद्द बनाइ बिश्वभर नेपाल चिनाउनु नै यस भेलाको प्रमुख उद्देश्य भएको बताउनु भएको थियो ।
सम्मेलनमा विश्वका एनआरएनए भित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको लागि युवाको भूमिका र आबश्यकतासम्बन्धि बिषयहरुमा गम्भिर छलफल र बहस गरिएको थियो । सम्मेलनमा २१औं शताब्दी र नेपालका युवाका लागि सीप, एनआरएनए दोस्रो पुस्ता र ज्ञान हस्तान्तरण, वैज्ञानिक कृषि प्रणाली र नेपाली युवाको सम्भावना, नेपालमा एनआरएन युवाका लागि अवसर र चुनौतीहरूका बारेमा छलफल गरिएको थियो ।
सम्मेलनमा एसिया प्रशान्त क्षेत्रबीचको संस्कृति आदानप्रदान लगायतका विभिन्न विषयमा समेत घनीभूत छलफल गरिएको र बिभिन्न देशका साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
बिदेशमा सिकेको ज्ञान सीपलाई नेपालको बिकाशमा प्रयोग गर्ने र स्वदेशमा फर्केका युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने नै एशिया प्याशिफिक युवा सम्मेलनको प्रमुख उद्देश्य रहेको कार्यक्रमका सभापती एवं एनआरएनए एशिया प्याशिफिक युवा संयोजक दिपक कंडेलले बताउनु भयो ।
सपना रोका मगरलाई नगद १ लाख १ हजारसहित सम्मान
सपना रोका मगरलाई एनआरएनएले सम्मान गरेको छ । बेवारिसे लासहरूको व्यवस्थापन र सदगद समेत गर्दै आएकी सपना रोका मगरलाई एनआरएनए एशिया प्याशिफिक युवा सम्मेलनको कार्यक्रममा संस्थापक अध्यक्ष उपेन्द्र महतो,एशिया प्याशिफिक सहसम्योजक खगेन्द्र नेउपाने, मध्यपुर्ब सहसम्योजक मनोज,स्पोर्ट्स एकेडेमिका सदस्यसचिब धर्मराज गिरिको हातबाट १ लाख १ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
काठमाडौंको संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा सपनालाई १ लाख १ हजार रुपैयाँ सहयोगसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
समाजसेवी सपना बीबीसीको संसारकै शक्तिशाली र प्रेरणादायी १ सय महिलाभित्र पर्न सफल बनेकी छिन् ।




फेसबुकबाट तपाइको प्रतिक्रिया