थप १३८२ मा कोरोना संक्रमण, १६२१ जना संक्रमणमुक्त,२३ को मृत्यु

नेपालमा थप १ हजार ३८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

त्यसैगरी थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १६३७ पुगेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा ५२३ जना रहेका छन् भने आइसोलेसनामा १२ हजार ६८६ सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया