नेपालमा थप १ हजार ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
त्यसैगरी बुधबार थप १ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।
त्यस्तै, १२ हजार २४५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा ५२५ जना रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया