नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण,१२ को मृत्यु, १०६४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३ सय २८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना गरी उपत्यकामा ४ सय ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

त्यस्तै बिहीबार थप १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ ।

क्वारेन्टाइनमा ५१५ जना रहेका छन् भने आइसोलेसनमा १२ हजार ३८६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया