नेकपाको स्थायी कमिटी बैठक पुस एक गते बस्ने

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक नेता कमान सिंह लामाको निधनमा शोक व्यक्त गर्दै सकिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकमा सूर्य थापाले जानकारी दिएका छन् ।

यसअघि मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा भने ओली सहभागी भएका थिएनन् । उनले स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई आरोप पत्र भन्दै उक्त प्रस्तावमाथि छलफल हुन लागेकाले सहभागी हुन नसक्ने व्यहोराको पत्र पठाएका थिए । तर आइतबारको बैठकमा भने अध्यक्ष ओली सहभागी भएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया