काठमाडौं । नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३० जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा ३ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
त्यसैगरी आइतबार थप १५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको छ ।
देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् । १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया