नेपालमा थप ८२१ मा कोरोना पुष्टि,८४२ जना संक्रमणमुक्त,१८ को मृत्यु

काठमाडौं । नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा २ सय ४६ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना गरी उपत्यकामा ३ सय ३३ कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

त्यस्तै सोमबार थप ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।

हाल देशभरि १० हजार ९५५ जनामा सक्रिय सङ्क्रमण भएका छन् भने ४७१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया