टोकियोमा ३०५ जनासहित जापानभर सोमबार १,६७९ जनामा कोरोनन संक्रमण पुष्टि

टोकियो । जापानमा सोमबार थप १,६७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १४ तारिख सोमवार साँझ ११ बजेसम्म एकैदिन जापानभर १,६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजै टोकियोमा ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने अहिलेसम्म ४७,५३० जनामा संक्रमण भएको छ ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि १,८२,९९० जना कोभिड १९ संक्रमण भएका छन् ।

जापानमा ८२ प्रतिशत अर्थात १,५०,९४७ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया