टोकियो र तीन प्रान्तमा जापानका प्रधानमन्त्री सुगाद्वारा एक महिने आपतकाल घोषणा

जापान । कोरोना संक्रमण उच्च रूपमा बढ़ेपछी टोकियो लगाएत तीन प्रान्तमा आपतकाल घोषणा भएको छ ।

बिहिबार जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजधानी टोकियो लगाएत ३ प्रान्तमा दोश्रो पटक आपतकालको घोषणा गरेका हुन ।
जनवरी ७ तारिख घोषणा गरेको आपतकाल आज मध्यरातको १२ बजेबाट फेब्रअरी ७ सम्म लागु हुने जनाएको छ ।

जापानमा कोरोना संक्रमण कम गर्ना भेटघाटबाट टाढा रहन र रेस्टुरेन्टको टोकियो महानगरीय र तीन प्रान्तहरूमा राती ८ बजेसम्म ब्यवसायी गर्न अनुरोध समेत गरेको छ ।
आपतकाल घोषणा गरेको समयमा बेलुका ८ बजेसम्म संचालित हुने रेष्टुरेण्टहरुलाई दैनिक ६० हजार र मासिक १८ लाखसम्म आर्थिक सहायता गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया