सवारी दुर्घटनामा परि जापानको गुन्माकेनमा एक नेपाली महिलाको निधन

गुन्मा । जापानको गुन्माकेनको आउरामाचीमा सवारी दुर्घटनामा परि एक जना नेपाली महिलाको निधन भएको छ ।

मोटरसाइकलमा सवार बबी श्रेष्ठको ट्रकको ठक्करबाट निधन भएको जनाएको छ ।

जनवरी १९ तारिख बिहान काममा जाँदै गरेको अवस्थामा ओतामा निवासी ति महिलालाई सेभेन ईलेभेन अगाडी रहेको सडक पार गर्ने ट्राफिक संकेत अगाडी ट्रकले ठक्कर दिइ गम्भिर घाईते भएकी श्रेष्ठलाई तत्काल उपचारको क्रममा अस्पतालमा निधन भएको थियो ।

जापानी कम्पनीमा कार्यरत ति गम्भिर घाईते भएकी श्रेष्ठलाई तत्काल उपचारको लागि तातेवासी कोकुसाई अस्पतालमा लगिएको थियो । उपचारको क्रममा ति महिलाको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट श्रेष्ठलाई ३० मिटर सम्म घिसारे र ट्रक चालकले आँफूले नदेखेको बयान दिएको पारिवारिक स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया