गल्कोट समाज जापानद्वारा चालीस लाख बढी आर्थिक सहयोग हस्तान्तरण

जापान । गल्कोट समाज जापानले बिभिन्न समस्यामा परेका ब्यक्तिलाई आर्थिक सहयोग गर्दै आईरहेको छ।यसै क्रममा जापानमा मृत्यु भएका गल्कोटका एक ब्यक्तिका परिवारलाई आर्थिक संकलन अभियान गरी चालिस लाख सहयोग गरेको छ।गल्कोट समाज गल्कोट र गल्कोट नगरपालिकाको समन्वयनमा मृतकका परिवारलाई रुपैया हस्तान्तरण गरिएको हो।

बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं.४, खरुवा स्थाई घर भई गत ३ बर्ष देखि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा कार्यरत ३८ बर्षिय पुर्ण बहादुर खत्रीको #脳内出血 (Brain Hemorrhage) को कारण “फुजी नोउकेन हस्पिटलमा” उपचारको क्रममा जनवरी ८ तारिक साझ ५ बजे निधन भएको थियो।मृतक खत्रीका नेपालमा श्रीमती सहित ३ छोरी र १ छोरा रहेका छन्।
पारिवारिक जानकारी अनुसार निजको पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको हुदा गल्कोट समाज जापानको बिपद ब्यबस्थापन तथा मानवीय सेवा बिभागको नेतृत्वमा परिवारलाई आर्थिक सहयोग गर्ने उदेश्यले समाजले अभियान संचालन गरेको थियो।निज खत्री गल्कोट समाजका साधारण सदस्य समेत थिए।

मृतक खत्रीको अन्तिम संस्कार जापानमैं गरिएको थियो।
मृतक खत्रीको आर्थिक अबस्था कमजोर भएका कारण जापानमा क्रियाशिल अन्य संघ संस्थाले समेत आर्थिक संकलन गरी गल्कोट समाज जापान मार्फत रकम हस्तान्तरण गरेका थिए।गलकोट समाज जापानको स्वः खत्रीको परिवारलाई आर्थिक सहयोग अभियानमा गलकोट स्पोर्टस् क्लव टोकियो जापान,गलकोट समाज गलकोट, बागलुङ समाज जापान, दाजुभाई बशिष्ठ गैरे खत्री परिवार जापान, निलुवा समाज जापान, खरुवा समाज जापान, नुवाकोट समाज जापान, जापान लगायतका संस्था तथा विभिन्न व्यक्तिहरुको सहयोगमा जापानमा संकलित ४० लाख ५० हजार ३ सय १६ रुपैया मध्यबाटे स्वः खत्रीको दाह संस्कार उपचारमा भएको खर्च रकम कटाएर ३२ लाख ६३ हजार ४ सय ५९ रुपैया बराबरको चेक खत्रीको परिवारलाई हस्तान्रण गरिएको गलकोट समाज बिपद ब्यबस्थापन तथा मानवीय सेवा समिति संयोजक रत्नसिंह बस्नेतले जानकारी दिनु भयो ।

गल्कोट समाज जापानमा अग्रपंतिमा रहेको सामाजिक संस्था हो।समाजले सियोना बचाउ अभियानमा पनि सात लाख बढी रकम सहयोग गरेको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया