विश्वमा हालसम्म सात करोड ५१ लाख १६ हजार ७४ जना मानिस कोरोना संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो २४ घन्टामा तीन लाख ८५ हजार आठ सय ८८ जना संक्रमित थपिएका छन् भने नौ हजार ६३ जनाको मृत्यु भएको छ । यो संगै संक्रमितको संख्या १० करोड ३५ लाख १४ हजार २९७ पुगेको छ । संक्रमितमध्ये २२ लाख ३७ हजार २५२ जनाको मृत्यु भइसकेको छ । केही समयदेखि उच्च मृत्युदर रहेका अमेरिका, ब्राजील, बेलायतसहितका देशमा मृत्युदरमा कमी आएकाले विश्वभर नै मृत्यु् हुनेको संख्यामा कमी आएको छ ।
हाल विश्वमा दुई करोड ६१ लाख ५६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । जसमध्ये १ लाख ७ हजार भन्दाबढीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म २ करोड ६७ लाख ६७ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ६४ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने चार लाख ५२ हजार २७९ जना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म एक करोड सात लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड चार लाख ३३ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट मृत्यु हुुनेको संख्या एक लाख ५४ हजार ४२८ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया