जापानको १० प्रान्तमा आपतकाल थप एक महिना विस्तार हुँदैं

जापान । जापानमा कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा नआएकोले १० प्रान्तमा आपतकालन घोषणा थप एक महिना विस्तार हुने भएको छ ।

कोरोना संक्रमण उच्च रूपमा बढ़ेपछि गत महिनाबाट टोकियो सहित ११ प्रान्तमा आपतकाल घोषणा भएको थियो । मंगलबार जापानका प्रधानमन्त्री योशिहिदे सुगाले पत्रकार सम्मेलन गरि आपतकालिन समय घोषणा गर्ने भएका छन् ।
जनवरी ७ तारिख मध्यरातको १२ बजेबाट फेब्रअरी ७ सम्म लागु भएको आपतकाल अझै कोरोना नियन्त्रण नआएपछि थप हुने जनाएको छ ।

जापानमा कोरोना संक्रमण कम गर्न भेटघाटबाट टाढा रहन र रेस्टुरेन्टको राती ८ बजेसम्म ब्यवसायी गर्न अनुरोध समेत गरेको थियो ।
तोचिगी प्रान्त यस अघि लगाईएको आपतकाल हटाइने जनाएको छ । टोकियो र ओसाकासहित १० प्रान्तहरूमा मार्च ७ सम्म विस्तार गर्ने निर्णय गर्ने जापानी समाचारहरुले जनाएको छ ।

कोरोनाभाइरसको फैलावट संक्रमण स्थितिको विश्लेषण गर्न जारी राख्ने र यदि सुधारको पुष्टि हुदैं आए थपिएको म्याद अगाडि आपतकाललाई रद्द गर्ने समेत जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया