प्रधानमन्त्रीको कदमको बिरोघ गर्दै पार्टी पुन: एकीकृत गर्न नेतृत्वलाई प्रवासी एकता मञ्च जापानको माग

टोकियो । नेकपाको प्रवास संगठन प्रबासी नेपाली एकता मञ्च जापानले पार्टी पुनस् एकीकृत गर्न नेतृत्व समक्ष जोड़दार माग गरेको छ ।
बुधबार प्रवासी नेपाली एकता मञ्च जापानले एक विज्ञप्ति जारी गरि विभाजित हुन लागेको पार्टीलाई पुनस्एकीकृत र एक जुट बनाउन माग गरेको हो ।

झन्डै दुई तिहाई नजिकको बहुमतमा कम्युनिस्ट सरकारको गठन र तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच २०७५ जेठ ३ गतेमा भएको ऐतिहासिक पार्टी एकताले नेकपाका घरबासी र प्रबासी लाखौं नेपाली जनताहरुमा राजैतिक स्थायित्व, शान्ति र समृद्दीको सपना साकार हुने आशा, भरोशा र उत्साह बढिरहेको थियो ि

प्रधानमन्त्री केपी ओलीको संसद बिघटनको कदम जायज नभएको ठहर गर्दै साथै पार्टी नेताहरुले यस पछिल्लो समयमा एक अर्कालाई तुच्छ गाली गलौज गर्दै पार्टीलाई बिभाजन उन्मुख बनाउन लागेकोमा दुःख व्यक्त गरेको छ ।

संसद बिघटनको गलत कदमलाई सच्याउदै विभाजित हुन लागेको पार्टीलाई बिधिसम्मत पुनस् एकीकृत बनाउन आवश्यक कदम अविलम्ब चाल्नु हुन समेत प्रबासी नेपाली एकता मंच जापान पार्टी नेतृत्व समक्ष जोडदार माग गरेको अध्यक्ष हवलचन्द्र लामा र सचिब सालिकराम भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया