विश्वमा १० करोड ६९ लाख मानिसलाई कोरोना संक्रमण

विश्वमा सात करोड ८८ लाख ३५ हजार ६ सय ५२ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९ हजार भन्दा बढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १० करोड ६९ लाख ९६ हजार ६ सय १८ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये २३ लाख ३५ हजार ६ सय २३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९ सय बढी संक्रमितको मृत्यु भएको हो । हाल विश्वमा दुई करोड ५६ लाख ७८ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई करोड ७७ लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७५ लाख १२ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७६ हजार ४ सय ५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड आठ लाख ४७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख ४६ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार १९५ जना पुगेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया