महिलामाथिको आपत्तिजनक अभिव्यक्तिपछि टोकियो ओलम्पिकका सभापतिले दिए राजीनामा

टोकियो । टोकियो ओलम्पिक २०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन् ।

जापानका पूर्वप्रधानमन्त्रीसमेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए ।
उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका छन् । मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो ।

उनलेुमहिलामा एक प्रकारको इर्ष्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छन्ु भनेका थिए । मोरीले आफूले बोलेका कुराप्रति क्षमा मागेका थिए । तर उनको बोली र व्यवहारविरुद्ध निरन्तर आलोचना भइरहेको छ ।

मोरीको स्थानमा जापानी फुटबल संघका पूर्व अध्यक्ष ८४ वर्षीय काबुरो कावाबुची नियुक्त गर्ने जापानी संचारमाध्यममा समाचारमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया