टोकियो लगाएत तिन प्रान्तमा २ हप्ता आपतकाल थप्ने प्रधानमन्त्री सुगाको संकेत

जापान । कोभिड १९ संक्रमण नियन्त्रणमा आउन नसकेपछि जापानको राजधानी टोकियो लगाएत चिबा, साईतामा र खानागावा प्रान्तमा हाल कायम आपतकाल २ हप्ता थप हुन सक्ने भएको छ ।
बुधबार साँझ जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आपतकालिन अवस्थाको सम्बोधनमा पत्रकारलाई भने, हामीले संक्रमणको स्थितिलाई कम गरेका छौं र भविष्यका प्रतिरोधका बारेमा छलफल गर्‍यौं । तथापि, मलाई लाग्छ कि संक्रमण रोकथाम उपायहरू अत्यन्त महत्त्वपूर्ण चरणमा छ ।
त्यसैले आपतकालिन अवस्था विज्ञहरुसंगको छलफल तथा अवस्थाको मुल्याकन गरि थप दुई साता थप गर्नेतर्फ संकेत गरेका छन् ।
आपतकाल घोषणा मार्च ७ तारिख सकिदै छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया