टोकियो । बाग्लुङ् समाज जापानले प्रथम रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएकाे छ । यहि आउदो मार्च २६ तारिख शुक्रबार जापानबासी खेलप्रेमी नेपालीलाइ समेटेर साईतामा केनको टोडा स्पोर्ट्स सेण्टरमा कार्यक्रम गर्ने जनाएको छ ।
प्रतियोगिताको तयारी तथा ब्यबस्थापनका लागि संस्थाका उपाध्यक्ष बिरोध चालीसे संयोजक रहने गरी मुलआयोजक समिति साथै कार्यसमिती सदस्य बसन्त थापालाई खेलकुद संयोजक तथा केशब सुवेदीलाई हल व्यवस्थापनको जिम्मेवारी प्रदान् गरिएको समाजका अध्यक्ष प्रेम कँडेलले जानकारि दिनुभयो ।
प्रथम रनिङ कप भलिवल प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख ६५ हजार ५५५ येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुनेलाई नगद १ लाख ६५ हजार ५५५ येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुनेलाई नगद ८५ हजार ५५५ येन प्रमाण पत्र,मेडल साथै ४ छुट्टाछुट्टै बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारद्वारा सम्मान गरिने तयारी रहेकाे कार्यक्रम संयोजक बिरोध चालीसेले जानकारी दिनुभयो ।
बाग्लुङ समाज जापानले नेपालको राष्ट्रीय खेल भलिबललाई जापानमा यस बर्षबाट रनिङ कपको रुपमा आयोजना गर्न लागेको हो । प्रतियोगिता सफल बनाउनको लागि खेलाडी, खेलप्रेमी,जापानमा रहेका बिभिन्न संघ संस्थाहरूमा आयोजकका तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोगका लागि अनुरोध समेत गरिएको छ ।
खेलमा सहभागि हुनको लागि ४० हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।
टिम दर्ता वा केहि आवश्यक परे बाग्लुङ् समाज जापानका व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया