नेसाजको जापानि भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, प्रथम भईन सारिका पौडेल

टोकियो । नेपाली विद्यार्थी समाज जापान(नेसाज) को आयोजना मा २०२१ मार्च ७ का दिन जापानि भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

उत्कृष्ट १० मा छनोट हुनु भएका बिद्यार्थीबिच भएको अन्तिम प्रतियोगितामा प्रथम सारीका पौडेल, दित्तिय मिना निरौला, र तृतिय अमित केसी हुनु भएको अध्यक्ष कृष्ण भुसालले जानकारी दिनु भयो । कार्यक्रम को सम्योजक पुर्व अध्यक्ष एव वर्तमान सल्लाहाकार डा.सरोज कँडेल रहनु भएको थियो भने सहजिकरण कोषाध्यक्ष बिकास अधिकारिले गर्नु भएको थियो यसैगरी प्राबिधिक ब्यवस्थापन महासचिव अजय रानाले गर्नु भएको थियो।

प्रथमलाई ३५,००० दित्तियलाई २५,००० तृतियलाई १५,००० नगद सहित प्रमाण पत्र प्रदान गरिने छ । यसैगरी उत्कृष्ट १० मा पर्न सफल सम्पूर्णलाई सम्बन्धित क्षेत्रमा रहेका नेसाजका प्रतिनिधि मार्फत सम्मानपत्र समेत हस्तान्तरण गरिने अध्यक्ष कृष्ण भुसालले जानकारी दिनु भयो ।

निर्णायक मण्डलहरुमा योसिहारु कोमियामा, रिसभ पौडेल र बिष्णु भण्डारी रहनु भएको थियो निर्णायकमण्डल सम्योजक समेत रहनु भएका IHNO प्रमुख एवम् जापान का पुर्व साम्सद योसिहारु कोमियामा प्रमुख वक्ता रहनु भएको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया