टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र १२ क्षेत्रिय समितिहरूको संयुक्त आयोजनामा जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनएको केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा ४१८ जनाले रक्तदान गरी यस कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार जापानको प्रमुख शहरहरू र नेपालको काठमाण्डौ एनआरएनए केन्द्रिय कार्यालयमा एकै समय एउटै ब्यानरमा सम्पन्न रक्तदान कार्यक्रम २०२२ मा ४ सय १८ जनाले रक्तदान गरेका छन।
जापानमा कोभिड १९ कोरोनाले गर्दा रक्तदान कार्यक्रमहरु स्थगन भएको र रगत व्यवस्थापनमा रगत संकलनको मात्रामा कमि देखिएको र रगतको व्यवस्थापनमा सहयोग गर्न मध्यनजर गर्दै एनआरएनएले गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रम गर्न उत्साहित बनाएको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले बताउनु भयो ।
उक्त रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमितिका सदस्य, सल्लाहकार, संरक्षक, क्षेत्रीय समिति,पत्रकार, स्थान उपलब्ध गराउने सरोकारवाला निकाय, रक्तदान गर्ने सहभागी सबैलाई संघले धन्यवाद एवं आभार प्रकट गरेको संघकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदीले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया