काठमाडौं । राष्ट्र बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।
पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया