जापान । टोकियो लगाएत चिबा,साईता र खानागावा प्रान्तमा घोषित आपतकाल मार्च २१ तारिखबाट हटाउने भएको छ । कोरोना संक्रमण गर्न मार्च ५ तारिखबाट २ हप्ता जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजधानी टोकियो लगाएत ३ प्रान्तमा तेस्रो पटक आपतकालको घोषणा गरेका थिए ।
जनवरी ७ तारिख घोषणा गरेको आपतकाल मार्च २१ तारिखसम्म लागु हुने जनाएको थियो अब आपतकाल मार्च २१ तारिखबाट हटाउन लागेको हो । जाापन सरकार मार्च २१ पछि फेरि आपतकालिन् अवस्था थप नगर्ने मनस्थितिमा पुगेको जापानी संचार माध्यम सानकेई पत्रिकामा समाचार छ । समाचारका अनुसार हाल आपतकाल कायम स्थानहरुमा पहिलेको तुलनामा अवस्था सुधार हुँदै आएको जनाएको छ ।
यहि मार्च १८ तारिख कोरोना नियन्त्रण मुख्यालयका विज्ञहरुसंगको बैठकपछि यसबारे औपचारिक निर्णय सार्वजनिक गरिने जनाएको छ ।
जापानमा पछिल्लो समयमा नयाँ प्रकारको कोरोना भाईरस संक्रमण देखिएको छ । यस अवस्थामा आपतकाल हट्ने या नहट्ने विषयमा मत बाझिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया