जापान । नेसाजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट १० जाना प्रतियोगीलाई सम्मान साथै उत्कृष्ट ३ लाई पुरस्कार बितरण गरेको छ ।
नेपाली विद्यार्थी समाज जापान (नेसाज)को आयोजनामा भएको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता उत्कृष्ट १० प्रतियोगी तथा विजेता साथीहरुलाई टोकियोमा पुरस्कार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। नेपाली विधार्थी समाज नेसाजका वरिष्ट उपाध्यक्ष प्रकाश भण्डारी क्षेत्रीको अध्यक्षतामा गरीएको कार्यक्रममा IHNO प्रमुख तथा जापानका पुर्व सभासद योसिहारु कोमियामाको प्रमुख अतिथि,कमल बास्तोलाको अतिथि र नेपालि विधार्थी समाज जापानकि सदस्य नविना भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । मार्च ७- तारिक अनलाई माध्यमबाट गरीएको कार्यक्रममा प्रथम हुने सारीका पौडेल लाई ३५,००० दित्तिय मीना निरौला लाई २५,००० तृतिय अमित केशी लाई १५,००० नगद सहित प्रमाण पत्र र टर्फी प्रदानगरीएको छ।यसैगरी उत्कृष्ट १० मा पर्न सफल हुने प्रतियोगिहरुलाई सम्मानपत्र हस्तान्तरण गरीएको छ ।
कार्यक्रमको समापन समारोहमा बोल्दै कार्यक्रमका अध्यक्ष, नेसाजका बरिस्ट उपाध्यक्ष प्रकाश भण्डारी क्षेत्रीले कार्यक्रमलाई सफल बनाऊन प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गरीदिनु हुने सम्पुर्ण सहयोगी दाता, कार्यक्रम कोर्डिनेटर,यसकार्यक्रमका जर्ज,सम्पुर्ण मीडियाकर्मी लगायत नेपाली विधार्थी समाज जापान नेसाजको सम्पुर्ण टीमलाई हार्दिक धन्यावाद प्रकट गर्दै विधार्थीहरुलाई प्रोत्साहन मिल्ने यस्ता कार्यक्रम भविष्यमापनि गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नुभयको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया