जापान । जापान सरकारले बालबच्चा भएका परिवार र कोभिड १९ का कारण आम्दानी घटेका परिवारलाई फेरि राहत उपलब्ध गराउने भएको छ ।
मंगलबार सम्बन्धित मन्त्रीहरुसंगको बैठक पछि प्रधानमन्त्री सुगाले बालबच्चा भएका र कोरोनाका कारण आम्दानी घटेका परिवारलाई प्रति बच्चा ५० हजार जापानी येन अनुदान सहयोग गर्ने निर्णय गरेको हो ।
यस पटकको लाभमा आवासकर छुट पाएका र बालबच्चाहरु भएका परिवारहरु लाभान्वित हुनेछन् । यसका साथै एकल तथा असक्तहरुको लागि काम गर्दै आएका गैरनाफामुलक संस्थाहरुको अनुदानका लागि ६ बिलियन बजेट छुट्याईने जनाएके छ ।
जसबाट आम्दानी घटेका मानिसहरुले जिवनयापनका लागि आवाश्यक रकम सापटी लिन सक्ने र आपतकालिन् कोष तथा वृहत सहयोग फण्डको सहयताका लागि आवेदन दिने मिति जुलाई अन्त्यसम्मको लागि थप गरिएको छ ।
जापान सरकारलेले यसअघि सबै जनतालाई प्रतिब्यक्ति १ लाख अनुदान सहयोग गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया