टोकियो । जापान सरकारले टोकियो लगाएतको क्षेत्रमा लागू गरिएको आपतकाल आइतबार अर्थात् मार्च २१ तारिखबाट हटाइने घोषणा गरेको छ । सरकारको सल्लाहकार टीमले बिहीबार टोकियो, खानागावा, चिवा र साइतामा केनको आपतकाल अन्त्य गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
टोकियो लगाएतको क्षेत्रमा लागू गरिएको आपतकाल आइतबार हटाइने घोषणा गरेको हो । प्रधानमन्त्री योशिहिदे सुगाले बुधवार साँझ बोल्दै आपतकालको प्रभावकारिताबारे बताएका थिए ।
प्रधानमन्त्री सुगालाई औपचारिक रूपमा आपतकाल घोषणा अन्त्यगर्न अनुमति दिन आवश्यक प्रक्रिया अपनाउन समितिले भनेको छ ।
अझै कोरोना संक्रमणका संकेतहरू दैनिक फेरि बढ्ने देखिएको खतराको स्थितिलाई दर्शाएको समितिले जनाएको छ । यी घटनाहरूमा संक्रमण उकालो बढ्ने चिन्ताले गिर्दो आर्थिक गतिविधिहरूलाई पुन: जगाउने प्रयासलाई असर पार्ने देखिएको छ ।
राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीको लचिलोपन, सुगा प्रशासनको विश्वसनीयता र ग्रीष्मकालीन ओलम्पिकको व्यवहारिकतालाई बिगार्न सक्नेमा सचेत गराइएको छ ।
आपतकालिन अवस्था हटेपनि विदेशबाट आउने नवप्रबेशीहरुका लागि अधिकारीहरूले कडा सीमा नियन्त्रणका उपायहरू कायमै राख्ने छन जुन प्रभावकारी रूपमा नयाँ आगमनलाई मुलुकमा प्रतिबन्ध लगाउने यस अघिकै नियम लागू एनएचके समाचारमा उल्लेख छ ।
टोकियो लगाएतको क्षेत्रमा रेष्टुरेण्ट लक्षित मादक पेय पदार्थहरुको सेवा ८ बजेबाट बढाएर ९ बजेसम्ममा बन्द गर्न भनिएको छ । यस अघिको दैनिक आर्थिक सहयोग ४०,००० येनमा झारिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया