जापान । टोकियो महानगरमा आपतकाल हटाउन लागिरहेका बेला फेरी पनि कोरोना संक्रमण बढ्ने भन्दै टोकियो गभर्नर युरिको कोइकेले चिन्ता ब्यक्त गरेकी छन् ।
गभर्नर कोइकेले सचेत रहन आफना नागरिकलाई आग्रह गरेकी हुन ।
टोकियोका गभर्नर कोइकेले शुक्रबार सो आग्रह गर्नुभएको हो ।
सरकारले भोली मार्च २१ तारिखबाट आपतकाल हटाउन लागेकोले नागरिकलाई व्यस्त शहरी क्षेत्रमा भिडभाड कम गर्न र आपतकाल हटेपनि सचेत रहन गभर्नर कोइकेले अपिल गरेकी हुन् ।
जापानभर ४ लाख ५४ हजारभन्दा संक्रमित पुग्दा राजधानी टोकियो भित्रमात्रै हालसम्म १ लाख १७ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया