जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको सेन्दाई क्षेत्रीय समिति पुन: गठन भएको छ ।
मार्च २१ तारिख आइतवार जापानको सेन्दाई शहरमा सम्पन्न भेलाले संयोजकमा हरि गोपाल श्रेष्ठलाई चयन गरेको छ ।
भेलामा क्षेत्रिय उपाध्यक्ष दिपक कार्कीको सभापतित्व, प्रमुख अतिथि युवा उपाध्यक्ष नबिन निउरे विशेष अतिथि महासचिब जनक बिक्रम शाही ,प्रवक्ता सिद्धार्थ श्रेष्ठ, महिला संयोजक संगिता अधिकारी सुबेदी,सल्लाहकार शिब प्रसाद पौडेल, तेज अर्याल ,सदस्य रामकृष्ण श्रेष्ठ, कृष्ण खनाल ,निगाता क्षत्रिय संयोजक दिपक सुनार ,तोचिगी संयोजक रतन क्षेत्रि र सेन्दाई निबर्तमान संयोजक सन्तोष चौहानको शुभकामना मन्तब्य दिएका थिए ।
उपसंयोजक छिरिङ्ग नुरू शेर्पा, बिमल जिएम , सन्दिप जिसी सचिब साबित्री लामा , सह सचिब निमा तामाङ, बिनोद मतहरा कोषाध्यक्ष कृष्ण बिक्रम घिर्सिङ सहकोषाध्यक्ष समिर चौलागाई सदस्यहरू सम्झना मोक्तान,टिका वलि, देबी कुमारी थापा, प्रकाश बिक, अशोक निरौला,कमल बानिया, सर्वसम्मति निर्वाचित भएका थिए दुई प्यानलमा मनोनयन दर्ता भए पनि आपसी समहमती बनाई सर्वसम्मति बनाउन सफल भएको थियो भने बाक़ी ६ सदस्य बैठकबाट मनोनित गरिने नव निर्वाचित उपसंयोजक शेर्पाले जानकारी दिनु भयो।
कार्यक्रमको संचालन बिकास बस्नेत र टिकाराम खरेलले गरेका थिए ।
यस अघि एनआरएनए जापान सेन्दाई क्षेत्रिय प्रथम अधिवेशन आयोजक कमिटी २०१७ में महिनामा गठन गरेको थियो । जुलाई १ तारिख अधिवेसन सम्पन्न गर्ने अख़्तियारी दिदै प्रल्हाद सिंह महतको संयोजकमा १९ सदस्यीय मुल आयोजक कमिटी गठन गरेको थियो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया