विश्वमा १० करोड २ लाख बढी मानिस कोरोनामुक्त

विश्वमा १० करोड २ लाख ५४ हजार २८१ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ करोड ४२ लाख ८७ हजार ४ सय ९५ जना पुगेको छ ।

संक्रमितमध्ये २७ लाख ३४ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७ हजार भन्दाबढीको मृत्यु भएको छ । हाल विश्वमा दुई करोड १२ लाख ९८ हजार भन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ३ करोड ५ लाख ७६ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये २ करोड २८ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् भने पाँच लाख ५५ हजार ९ सय ४४ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४० हजार ६११ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । भारतमा हालसम्म १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया